Kathmandu Press

हवाइ सेवा बन्द गर्न सीसीएमसीको सिफारिश

काठमाडौं, वैशाख १८ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्नुपर्ने निर्णय गरेको छ।सीसीएमसीको शुक्रबार साँझ...
हवाइ सेवा बन्द गर्न सीसीएमसीको सिफारिश

काठमाडौं, वैशाख १८ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्नुपर्ने निर्णय गरेको छ।

सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले त्यसका लागि मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ। संक्रमण भयावह बन्दै गएकाले हवाइ उडान रोक्न सिफारिश गरेको सीसीएमसीले जनाएको छ। 

अहिले देशका ३३ जिल्लामा निषेधाज्ञा लगाइएको छ। सडक यातायात बन्द भए पनि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान भइरहेका छन्। 

यसले थप संक्रमण फैलिने सीसीएमसीको निष्कर्ष छ। मन्त्रिपरिषद्ले यसलाई स्वीकृत गरेसँगै कार्यान्वयनमा आउनेछ। 

प्रकाशित मिति: ०७:१३ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्