Kathmandu Press

 गायक प्रकाश सपुतलाई कोरोना

काठमाडौं, वैशाख १७ : लोक तथा दोहोरी गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण भएको छ।काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका सपुतले आफूलाई कोरोना संक्रमण...
 गायक प्रकाश सपुतलाई कोरोना

काठमाडौं, वैशाख १७ : लोक तथा दोहोरी गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण भएको छ।

काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका सपुतले आफूलाई कोरोना संक्रमण पुष्टि भएको फेसबुक पेजमार्फत जानकारी गराएका हुन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ ।’ 

उनले पछिल्लो समय आफूसँग सम्पर्कमा रहेकाहरूलाई पिसिआर परीक्षण गराउन समेत अनुरोध गरेका छन्। उनी अहिले होम आइसोलेसनमा छन्।

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्