Kathmandu Press

पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’

काठमाडौं, वैशाख १७ : सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न र...
पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’

काठमाडौं, वैशाख १७ : सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न र पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’ दिन निर्देश गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि ती संवैधानिकलगायत विभिन्न निकायमा यही वैशाख १५ गते पत्राचार गरी सो जानकारी दिएको हो। कोभिड–१९ को सङ्क्रमण बढेपछि काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। 

‘ती जिल्लाका सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालय प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम पुनः सञ्चालन राख्ने व्यवस्था मिलाउने र घरबाटै गर्न सकिने कामका हकमा घरबाटै गर्ने र पालोमा अनुपस्थित हुने कर्मचारीका हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
 

प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्