Kathmandu Press

भरतपुर अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु 

भरतपुर अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु 

चितवन, वैशाख १७ : भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको  मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन्।

अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए। उनमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो।

यस्तै नवलपारसीको देवचुलीका पुरुषको पनि आजै मृत्यु भएको छ। बाटोमा हिँड्दा लडी घाइते भएर उपचारका लागि वैशाख १२ गते अस्पताल आएका उनमा १३ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको हो।
 

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्