Kathmandu Press

सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि

काठमाडौं, वैशाख १७ : सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको  प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि आवेदन खुला भएको छ।  शुक्रबारदेखि खुला भएको सेयर आगामी वैशाख...
सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि

काठमाडौं, वैशाख १७ : सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको  प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि आवेदन खुला भएको छ।  

शुक्रबारदेखि खुला भएको सेयर आगामी वैशाख २१ गतेसम्म खुला रहनेछ । प्रतिकित्ता रु एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयरका लागि आजदेखि आवेदन खुला भएको हो। आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ।

यस कम्पनीको लगानी रहेको लमजुङमा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालनमा छन्। कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजना निर्माण भइरहेका छन्।

कम्पनीको लगानी रहेको सङ्खुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत् आयोजना पनि निर्माण गर्ने क्रममा छ। पछिल्लो समय आवेदकहरुको संख्या उच्च हुँदै गएका कारण गोलाप्रथाबाट १० कित्ता पनि धेरै कमले मात्रै पाउँछन्। त्यसैले १० कित्ताका लागि आवेदन दिए पनि पर्याप्त हुने देखिन्छ।
 

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्