Kathmandu Press

अभिनेता सुवास भिडियो निर्देशनमा

काठमाडाैं, वैशाख १७ : बिर्खेलाई चिन्छस्, कोही मेरो, तथास्तु, तोरी लाहुरेलगायतका फिचर फिल्ममा अभिनय गरेका अभिनेता सुवास थापा निर्देशनमा लागेका छन्। केही सयमदेखि...
अभिनेता सुवास भिडियो निर्देशनमा

काठमाडाैं, वैशाख १७ : बिर्खेलाई चिन्छस्, कोही मेरो, तथास्तु, तोरी लाहुरेलगायतका फिचर फिल्ममा अभिनय गरेका अभिनेता सुवास थापा निर्देशनमा लागेका छन्। केही सयमदेखि अमेरिकामा बस्दै आएका अभिनेता सुवास म्युजिक भिडियो निर्देशनमा लागेका छन्।

सुवासले निर्देशन गरेको ‘कुल्चि हिँड्छन् फूललाई’ गीतको भिडियो सार्वजनिक भएको छ। विनिता खड्का थापाले कोरियोग्राफी गरेको भिडियोेमा सुवाससँगै विनिता, प्याट्रिक र कृष्टिनाको अभिनय छ।

भिडियोमा प्रेमी–प्रेमिकाको मिलन विछोड र जीवनको उतारचढावलाई प्रस्तुत गरिएको छ । भिडियो तोरी राइसले खिचेका हुन्। खेम रिजालले लेखेको गीत छवि न्यौपानेले गायका छन् । गीतमा संगीत कर्मा ग्याल्चेनको छ।

सुवासले कन्ट्रेल राइटको निर्माण तथा निर्देशन रहेको अंग्रेजी फिल्म ‘हाउ टु किप योर म्यान ह्याप्पी’मा समेत अभिनय गरेका छन्।

यस्ताे छ सुवासले निर्देशन गरेकाे म्युजिक भिडियाे

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्