Kathmandu Press

आइतबारसम्मका लागि माछापुच्छ्रेका सबै बैंकिङ कारोबार बन्द

काठमाडौं, वैशाख १७ : आइतबारसम्मका लागि माछापुच्छ्रे बैंकको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम लगायत सबै बैंकिङ कारोबार बन्द भएका छन्। कोर बैंकिङ सिस्टम (सिबिएस) प्रतिस्थान...
आइतबारसम्मका लागि माछापुच्छ्रेका सबै बैंकिङ कारोबार बन्द

काठमाडौं, वैशाख १७ : माछापुच्छ्रे बैंकको सम्पूर्ण सेवा आइतबारसम्मका लागि बन्द भएको छ । 

इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएमलगायत सबै बैंकिङ कारोबार बिहीबार साँझ ६ बजेदेखि आइतबरसम्मका लागि बन्द भएकाे  बैंकले जनाएकाे छ। 

कोर बैंकिङ सिस्टम (सिबिएस) प्रतिस्थान गर्नुपर्ने भएकाले क्रेडिट र प्रिपेड कार्ड बाहेकका सबै बैंकिङ कारोबारहरू बन्द गरिएको छ।

गत १६ गते (बिहीबार) बेलुका ६ बजेदेखि बन्द भएको उक्त सेवाहरू १९ गते (आइतबार) बिहान ६ बजेसम्ममा सुचारु हुने बैंकले जनाएको छ।

प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्