Kathmandu Press

दिया मास्केको ‘हन्ड्रेड रुपिज’ले जित्याे मुम्बईमा अवार्ड

काठमाडौं, वैशाख १५ : अभिनेत्री दीया मास्के र सृष्टिशा श्रेष्ठको मुख्य अभिनय रहेको सर्ट फिल्म ‘हन्ड्रेड रुपिज’ ले मुम्बई इन्टरनेसनल फिल्म अवार्ड्स (मिफा)मा पुरस्कार...
दिया मास्केको ‘हन्ड्रेड रुपिज’ले जित्याे मुम्बईमा अवार्ड

काठमाडौं, वैशाख १५ : अभिनेत्री दीया मास्के र सृष्टिशा श्रेष्ठको मुख्य अभिनय रहेको सर्ट फिल्म ‘हन्ड्रेड रुपिज’ ले मुम्बई इन्टरनेसनल फिल्म अवार्ड्स (मिफा)मा पुरस्कार पाएको छ । 

टिआर गौडेलको निर्देशन तथा लेखन रहेको  हन्ड्रेड रुपिजले महोत्सवमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको हो।

Hardik ivf

निर्देशक गौडेलले अवार्ड जितेको खुशी सामाजिक सञ्जाल फेसबुकमा साटेका छन् । ‘मेरो सर्ट फिल्मले मुम्बई इन्टरनेसनल फिल्म अवार्डमा फेरि अर्को पुरस्कार जितेको छ। १० वर्षअघि म मुम्बईमा भिडियो सम्पादकको रुपमा काम गरिरहेको थिएँ,’ उनले लेखेका छन् ।  

२० मिनेटको यस फिल्ममा बलात्कार र त्यसले पार्ने प्रभावलाई विषयवस्तुलाई देखाइएको छ । एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भएको ‘हन्ड्रेड रुपिज’ ले यसअघि इन्दुस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा अवार्ड जितेको थियो। 

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्