गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक
काठमाडौं, वैशाख १४ : गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ। उनकी आमा रूपा तामाङको दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा निधन भएको...
काठमाडौं, वैशाख १४ : गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ। उनकी आमा रूपा तामाङको दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
प्रशान्तले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ। हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू,’ उनले फेसबुकमा लेखेका छन्।
ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए ।
गत वर्ष फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका प्रशान्तले नेपाल बसाईको क्रममा ‘आगो पिएर बाँच्ने’ गीत रेकर्ड गराएका थिए ।
‘
प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












