कोरोना पीडितका लागि अक्षयको एक करोड सहयोग
काठमाडौं, वैशाख १२ : बलिउड अभिनेता अक्षय कुमारले गौतम गम्भिर फाउन्डेशनमा १ करोड सहयोग गरेका छन्। उनले कोरोना पीडितका लागि एक करोड दिने गौतमले सामाजिक...
काठमाडौं, वैशाख १२ : बलिउड अभिनेता अक्षय कुमारले गौतम गम्भिर फाउन्डेशनमा १ करोड सहयोग गरेका छन्। उनले कोरोना पीडितका लागि एक करोड दिने गौतमले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
गौतमका अनुसार, फाउन्डेशनले यो रकम आवश्यक पर्ने नागरिकको खाना, औषधी र अक्सिजनका लागि खर्च गर्नेछ।
अक्षयले यो मुश्किल समयमा आफूले सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
भारतमा कोरोनाबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको र एक करोड ६६ लाख १० हजार ४८१ जना सङ्क्रमित भएका छन् ।
प्रकाशित मिति: १५:४० बजे, आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












