Kathmandu Press

कबड्डी–४ को शुभ मुहूर्त, मुस्ताङमा छायांकन हुने

काठमाडौं, वैशाख ११ : चलचित्र  ‘कबड्डी ४ : द फाइनल म्याच’ को शुभ मुहूर्त गरिएको छ।शनिबार सम्पन्न शुभ मुहूर्तमा कलाकार, प्राविधिक, निर्माता एवं...
कबड्डी–४ को शुभ मुहूर्त, मुस्ताङमा छायांकन हुने

काठमाडौं, वैशाख ११ : चलचित्र  ‘कबड्डी ४ : द फाइनल म्याच’ को शुभ मुहूर्त गरिएको छ।

शनिबार सम्पन्न शुभ मुहूर्तमा कलाकार, प्राविधिक, निर्माता एवं निर्देशकको सहभागिता थियो। सो चलचित्रको छायांकन सुरुवात आगामी साता हुनेछ।

उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर र गौमाया यात्री मुख्य भूमिकामा रहनेछन्। उनीहरूसहित अन्य कलाकारहरू शुभ मुहूर्तमा उपस्थित थिए। उक्त चलचित्रको निर्देशन रामबाबु गुरुङले गर्नेछन्। उनका अनुसार यो चलचित्र मुस्ताङमा छायांकन गरिनेछ।

शुभ मुहूर्तमा उपस्थित निर्माता मणिराम पोखरेलले आउने सातादेखि छायांकन गर्ने भनिए पनि कोरोना संक्रमणको प्रभाव कस्तो हुने भन्नेमा निर्भर रहने स्पष्ट पारे।

प्रकाशित मिति: १७:१७ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्