Kathmandu Press

गीतकार माधव केसीको ‘पातै फरर’ बजारमा

काठमाडौं, वैशाख ११ : गीतकार माधव केसीले संकलन गरेको गीत ‘पातै फरर’ नामक गीति सङ्ग्रह आजदेखि बजारमा आएको छ। उनले विसं २०४० देखि अहिलेसम्म...
गीतकार माधव केसीको ‘पातै फरर’ बजारमा

काठमाडौं, वैशाख ११ : गीतकार माधव केसीले संकलन गरेको गीत ‘पातै फरर’ नामक गीति सङ्ग्रह आजदेखि बजारमा आएको छ। उनले विसं २०४० देखि अहिलेसम्म सङ्कलन गरेको लोक तथा आधुनिक गरी ८० गीत उक्त सङ्ग्रहभित्र समावेश गरेका छन् । 

यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ गीतकार अम्वर वान्तवाले उक्त सङ्ग्रहको विमोचन गर्दै गीत तथा साहित्यको क्षेत्रले मुलुकको संस्कृतिको संरक्षण गरी सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताए। सङ्गीतकारद्वय सन्तोष श्रेष्ठ र कन्हैया सिंहले विभिन्न जाति तथा समुदायले सजिएको समाजमा लोक संस्कृतिले उनीहरुलाई एकताबद्ध गर्न भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। 

Hardik ivf

गीतकार केसीले विसं २०४० मा आफूले रचना गरेका दुई गीत लोक गायक हरिबहादुर राउतले स्वराङ्कन गरी रेडियो नेपालमा रेकर्ड गराएको जानकारी दिँदै तत्कालीन समयमा रेकर्ड गरिएका ती गीत अहिले पनि लोकप्रिय रहेको बताए। 

‘मायाँ पानी खाने कल्धारा कल्को 
रात दिनै तिमिकै झझल्को 
नरोउ मायाँ सम्झेर मलाई, धुरुधुरु मधेनी रातैमा’ र 
‘चार कुने चौतारीमा तिमी पिपल मै वर
कहिले होला पातै फरर’ 

करिब चार दशक अगाडि रचना गरिएका यी दुई गीतलाई हालै गायक अशोक बराल र शोनिका केसीले गाएकी छन् भने यसको गीति भिडियोसमेत सार्वजनिक गरिएको छ। 
 

प्रकाशित मिति: १३:३० बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्