Kathmandu Press

गुठीसम्बन्धी विधेयक फिर्ता लिन कांग्रेस र राजपाको माग

काठमाडौं, जेठ २९ : कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

गुठीसम्बन्धी विधेयक फिर्ता लिन कांग्रेस र राजपाको माग

काठमाडौं, जेठ २९ : कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठक सुरू हुने बित्तिकै कांग्रेस र राजपाका सांसदले विधेयक फिर्ता लिन माग गरे। उनीहरूले काठमाडौंका गुठीयारले आन्दोलन सुरू गरेको जनाउदै आन्दोलनकारीका माग पूरा गर्नसमेत आग्रह गरे।

कांग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न ध्यानाकर्षण गराए। ‘विधेयक सरोकारवाला निकायसँगको छलफल बिना किन ल्याउनु पर्‍यो? यसबाट दुई हजारभन्दा गुठी प्रभावित हुन्छन्। विधेयक संविधान विपरीत छ । निजी सम्पत्ति राख्न पाउने अधिकारलाई घुमाउरो पाराले आक्रमण गर्न खोजियो। धार्मिक स्वतन्त्रता विपरीत भयो,’ सिंहले भने।

राष्ट्रिय जनता पार्टीका सांसद अनिलकुमार झाले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन आग्रह गर्दै धर्म संस्कृति रक्षा गर्न गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।

उनले लोकसेवा आयोगले हालै प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापन फिर्ता लिन, विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे।

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, जेठ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्