Kathmandu Press

‘राधे’को ट्रेलर सार्वजनिक

काठमाडौं, वैशाख ९ : सलमान खानको चलचित्र ‘राधे’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ ।हरेक वर्ष जस्तै यस वर्ष पनि इदको अवसर पारी मे १३मा...
‘राधे’को ट्रेलर सार्वजनिक

काठमाडौं, वैशाख ९ : सलमान खानको चलचित्र ‘राधे’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि इदको अवसर पारी मे १३मा चलचित्र रिलिज गरिने घोषणासँगै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

Hardik ivf

सलमानको निर्माण र प्रभु देवाको निर्देशनमा तयार भएको उक्त चलचित्रको ट्रेलरमा सलमानसँगै अभिनेतमा रणदीप हुडा र अभिनेत्री दिशा पटानी देखिएका छन्।

उक्त चलचित्र सिनेमा हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज गरिनेछ । जी स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलर करिब ३ मिनेटको रहेको छ।
 

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्