Kathmandu Press

कम्मर मर्काउन साम्राज्ञीलाई पर्‍यो अप्ठ्यारो

काठमाडौं, जेठ २८ : अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले फिल्म मारुनीको ‘जाम न माया जाम’ बोलको गीतमा मज्जैसँग कम्मर मर्काएकी ....

कम्मर मर्काउन साम्राज्ञीलाई पर्‍यो अप्ठ्यारो

काठमाडौं, जेठ २८ : अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले फिल्म मारुनीको ‘जाम न माया जाम’ बोलको गीतमा मज्जैसँग कम्मर मर्काएकी छिन्। सधै रोमान्टिक गीतमा नाच्दै आइरहेकी साम्राज्ञीले पहिलो पटक डान्सिङ गीतमा कम्मर मर्काएकी हुन्।

चलचित्र मारुनीको डान्सिङ आइटमको गीत ‘जाम न माया जाम’ मंगलबार नै सार्वजनिक गरिएको छ। कार्यक्रममा अभिनेत्री साम्राज्ञीले डान्सिङ आइटमको गीतमा नृत्य गर्न निकै गाह्रो भएको बताइन्।  ‘मैले प्रायः रोमान्टिक गीतहरु नृत्य गरेकी थिएँ। पहिलो पटक डान्सिङ गीतमा नृत्य गरेकी छु। केही डान्स स्टेपहरु टिप्न मलाई निकै गाह्रो भएको थियो। यद्यपि, राम्रो दिने प्रयास भने गरेकी छु,’ उनले भनिन्।

Hardik ivf

साम्राज्ञीले पुष्पलको पनि जम्मेरै तारिफ गरिन्। प्राय फिल्ममा नव-नायकसँग काम गरेकी साम्राज्ञीले पुष्पल पुरानै कलाकार भएकाले काम गर्न सजिलो भएको बताइन्।नायक पुष्पल खड्काले पनि पहिलो पटक साम्राज्ञीसँग काम गर्दा कुनै अप्ठ्यारो महसुस गर्न नपरेको सुनाए। नाच्न नआउने हिरोको ट्यागलाई पुष्पलले ‘जाम न माया जाम’ मा क्लबमा जमेरै नृत्य गरी त्यो झुठो सावित गर्न खोजेको देखिन्छ।

नायक पुष्पलले आफूले अहिलेसम्म नगरेको तर गर्न मन लागेको डान्स स्टेपमा नाच्न पाउँदा खुशी लागेको बताए। दुबैले फिल्ममा फरक भूमिका निभाएको पनि बताए।
‘मन मगन’ गायक दीपक बज्राचार्र्यले स्वर भरेको गीतको भिडियोमा फिल्मकी लिड अभिनेत्री साम्राज्ञी र अभिनेता पुष्पललाई १०० बढी  कोरसका साथमा क्लबमा नचाइएको छ।

रिक्की शाक्यको शब्द रहेको गीतमा गायक बज्राचार्यले नै संगीत दिएका छन्।  साम्राज्ञी र पुष्पलका अलावा नवनायिका रेविका गुरुङको पनि फिल्ममा मुख्य भूमिका रहेको छ। पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमकै निर्माण रहेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन्। फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ।
 

प्रकाशित मिति: २०:१३ बजे, मंगलबार, जेठ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्