वर्ल्ड ब्लगर्स अवार्डले कान्समा बनाएको त्यो इतिहास
मेको अन्तिम साता विश्व मनोरञ्जन समुदायको आँखा ‘फ्रेञ्च रिभियरा’मा अडिएको थियो। ‘क्यान फिल्म फेस्टिभल’को प्रतिष्ठित ‘ग्रान्ड प्री’ न....
मेको अन्तिम साता विश्व मनोरञ्जन समुदायको आँखा ‘फ्रेञ्च रिभियरा’मा अडिएको थियो। ‘क्यान फिल्म फेस्टिभल’को प्रतिष्ठित ‘ग्रान्ड प्री’ निर्देशक माटी डियोपले जितिन्। उक्त पुरस्कार पाउने डियोप प्रथम अश्वेत महिला हुन्।
लोकप्रिय कोर्जेट बुलेभार्डबाट केही पाइला पर अर्काे प्रख्यात होटेल मार्टिनेजमा ‘पप कल्चर’ले इतिहास बनायो। पहिलो पटक आयोजना गरिएको ‘वर्ल्ड ब्लगर्स अवार्ड्स’मा २२ वटा समूहमा विश्वकै अग्रणी ‘इन्फ्लुएन्सर’ प्रतिस्पर्धा गर्दै थिए।
कार्यक्रममा अमेरिका, ब्राजिल, फ्रान्स, रूस, इटाली, बेलायत, भरात, चीन र संयुक्त अरब इमिरेट्स (युएइ) बाट इन्स्टाग्राम र युट्युबका दुई सयभन्दा धेरै सेलिब्रेटी भेला भएका थिए। समारोहलाई विभिन्न सामाजिक सञ्जालमार्फत ११ करोडभन्दा धेरैले हेरेका थिए। ‘ग्ल्यामर र व्यापारी शक्तिको भेट हुने’ नयाँ उद्योगका लागि यो आफैंमा अभूतपूर्व उपलब्धि हो। थुप्रै स्मरणीय उपस्थितिले त्यो रातमा चार चाँद लगाएका थिए।
एलिस, नदिन र फाराह अब्दलअजिजले ‘बेस्ट सिस्टरहुड अवार्ड’ पाए। अब्दलअजिज दिदीबहिनीका २० लाखभन्दा धेरै ‘फलोवर्स’ छन्। उनीहरूले लेबनानको ‘स्टाइल’ र अरबी फेसनलाई विश्वमा फैलाइरहेका छन्। उनीहरूको उपस्थितिले ‘हुट बेरूत’लाई फेसनको क्षेत्रीय ‘पावरहाउस’ बनाइरहेको छ। त्यसैगरी लिला ब्रन्टनले ‘बेस्ट मिडल इस्ट स्टाइल अवार्ड’ पाए।
भिक्टोरिया सिल्भिस्टेड ‘बेस्ट ग्ल्यामर इन्फ्लुएन्सर’ बनिन्। विश्वकै महत्वपूर्ण चलचित्र महोत्सवको निकटतासँगै उनलाई आगामी डकुमेन्टरी चलचित्र ‘द दलाई लामाः साइन्टिस्ट’को निर्माताको भूमिका निर्वाह गर्नेछन्।
पूर्वमिस युक्रेन आन्ना आन्द्रेसले ‘बेस्ट फेसन इन्फ्लुएन्सर’ को सम्मान पाइन्। सामाजिक सञ्जालमा उनलाई सात लाख ५५ हजारले फलो गर्छन्। विश्वकै ‘सेन्सुअल’ हजुरआमा भनेर चिनिने जाक्लिना बेर्रिदो पिसानोले ‘बेस्ट स्टाइ इन्फ्लुएन्सर’को ट्रफी हात पारिन्।
स्वीस–रूसी ब्लगर क्यारोलाइना जुब्कोभा–मातेसले आफ्नो ‘फेयरी टेल’ जीवनशैलीमा ‘बेस्ट हुट कुचुर इन्फ्लुएन्सर’ पनि थपिन्। ‘ग्रिक–ब्राजिलियन फेसन मेभन’ एरिका सान्तोस ‘बेस्ट ब्युटी इन्फ्लुएन्सर’ बनिन्। सामाजिक सञ्जालमा सान्तोसका १२ लाख फलोवर्स छन्।
भेनजुएलाकी सुपरमोडल श्यारोन फोन्सेकाले ‘बेस्ट मोडल इन्फ्लुएन्सर’ पुरस्कार जितिन्। उनको यो उपलब्धिले विश्वास सञ्चार जगतको नजर फेरि एक पटक भेनेजुएलामाथि परेको छ। विश्वयात्रा गर्ने स्यामुअल सोहेबीले ‘मेन्सवेयर’ बजार आफ्नो काबुमा गरे। उनले ‘बेस्ट मेल फेसन अवार्ड’ जिते।
‘ह्याशट्याग फुडपोर्न’ समूहमा ‘फुडगड’ भनेर प्रख्यात जोनाथान चेबान सम्मानित भए। युक्रेनका युवा इन्स्टाग्राम स्टार साशा चिस्तोभाले ‘युथ इन्फ्लुएन्सर’ अवार्ड जिते।
वल्र्ड ब्लगर अवार्ड्समा आ–आफ्नो क्षेत्रमा एक करोडभन्दा धेरै फलोवर भएका ‘हेभिवेट च्याम्पियन’बीच प्रतिस्पर्धा भएको थियो।
गौरव चौधरीका एक करोड ३० लाख युट्युब सब्सक्राइबर्स छन्। प्रविधि समीक्षाका लागि उनी विश्वासिला आवाजमध्ये पर्दछन्। उनलाई ‘बेस्ट टेक्निकल इन्फ्लुएन्सर २०१९’ प्रदान गरिएको छ।
एक करोड ५० लाख दर्शक भएका ‘भाइन्स मास्टर’ आशिष चन्चलानी ‘बेस्ट कमेडी इन्फ्लुएन्सर’ घोषित भए। २५ वर्षीय भुवन बामले ‘बेस्ट इन्टरमेन्ट इन्फ्लुएन्सर’को उपाधि जिते। एक करोड सब्सक्राइबरको आँक्डा नाघ्ने उनी पहिलो भारतीय युट्युबर हुन्।
साल्टबे नचिन्ने सायदै कोही होलान्। उनले बनाएका ‘स्टेक’ र ‘सिजनिङ’ को शैली भाइरल हुने गर्छन्। उनको वास्तविक नाम नुसरत गोक्चे हो। दुई करोड २० लाख फ्यानले उनलाई सब्सक्राइब गरेका छन्। उनले यो वर्षको ‘बेस्ट सेलिबे्रटी इन्फ्लुएन्सर अवार्ड’ जितेका छन्।
ज्यानलुका भाकीले ‘ग्रान्ड प्री’ जिते। उनी इटालेली डिजे, फिटनेस मोडेल र लाइफस्टाइल आन्ट्रेप्रन्योर हुन्। उनलाई इन्स्टाग्रामका राजा पनि भनिन्छ।
वल्र्ड ब्लगर्स अवार्ड्सका निर्माता मारिया ग्राजिना च्याप्लिनले भने,‘हामीले धेरै सिकेका छौं। आवेदकको संख्या र उनीहरूको उपस्थितीबाट हामी प्रभावित भएका छौं। विश्वव्यापी चासोबाट हामी खुसी छौं। सबै जना सन् २०२० लाई लिएर उत्सुक छन्।’