गायनमा जम्दै मनिष ढकाल
काठमडौं, वैशाख ८ : मनिष ढकाल पछिल्लो समय लोक पप, आधुनिक गीतको क्षेत्रमा स्थापित नाम हो। उनका गीतहरु ‘बटौली’, ‘रकेट’, ‘खोवामीत’, ‘प्रदेशी नभन’, ‘तिलहरी’...
काठमडौं, वैशाख ८ : मनिष ढकाल पछिल्लो समय लोक पप, आधुनिक गीतको क्षेत्रमा स्थापित नाम हो। उनका गीतहरु ‘बटौली’, ‘रकेट’, ‘खोवामीत’, ‘प्रदेशी नभन’, ‘तिलहरी’ बजारमा आएका छन्।
सबैजसो गीत चर्चामा रहन सफल छन्। पछिल्लो पटक बजारमा आएको गीत ‘बटौली’ ले युट्युबमा राम्रो भ्युज बटुलेको छ। उनका पाँच नयाँ गीत रेकर्ड भइसकेका छन् भने ‘चुरापोते’, ‘उडूँउडूँ’, ‘तलतल’, ‘यो के भयो’ र ‘केटाभन्दा केटी धेरै’ बोलका गीत बजारमा आउँदै छन् । ‘अब आउन लागेका गीत पनि उत्तिकै मेहनेत गरी बनाइएको छ’, उनी भन्छन्, ‘सबै गीतले दर्शक स्रोताको मन जित्ने विश्वास लिएको छु ।’
ती गीतले २५ वर्षीय ढकालको साङ्गीतिक यात्रालाई अझै फराकिलो बनाउने देखिन्छ। उनका गीतमा चर्चित कलाकारले अभिनय तथा शब्दसङ्गीत गर्ने गरेका छन्। केही गीतमा ढकालको आफ्नै अभिनय छ।
उनका सबै गीत एकल स्वरमा आधारित छन्। अब आउने गीत ‘चुरापोते’ मा भने उनी र रचना रिमालको स्वर छ। डकाल बाल्यकालदेखि नै गीत, सङ्गीतमा रुचि राख्थे। ‘कक्षा २ मा पढ्दा पहिलो पटक स्टेज चढेर गीत गाएको हुँ’, विसं २०७२ मा पहिलो पटक गीत रेकर्ड गरेर औपचारिक रुपमा साङ्गीतक क्षेत्रमा लागेका उनी भन्छन्, ‘विभिन्न मेला, महोत्सव तथा आइडलमा पनि भाग लिएको छु ।’












