Kathmandu Press

केकीलाई कोरोना संक्रमण

काठमाडौं, वैशाख ७ : नायिका केकी अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको छ। कोरोना पोजिटिभ देखिएपछि केकी होम क्वारेन्टाइनमा छिन्।केकीलाई कोरोना देखिएपछि सोमबारदेखि छायांकनमा जाने तयारीमा...
केकीलाई कोरोना संक्रमण

काठमाडौं, वैशाख ७ : नायिका केकी अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको छ। कोरोना पोजिटिभ देखिएपछि केकी होम क्वारेन्टाइनमा छिन्।

केकीलाई कोरोना देखिएपछि सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ। चलचित्रकी नायिका केकीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन प्रभावित भएको हो ।

दिपक श्रेष्ठको निर्देशनमा गर्ने चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने योजना भएकोमा, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको छ। केकीको रिपोर्ट नेगेटिभ आएसँगै छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ।

प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्