Kathmandu Press

मूल्यवृद्धि पाँच प्रतिशतभन्दा कम हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडाैं, जेठ २७ : अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताएका छन्। 

आर्थिक व....

मूल्यवृद्धि पाँच प्रतिशतभन्दा कम हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडाैं, जेठ २७ : अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताएका छन्। 

आर्थिक वर्ष २०७६-७७ को राजश्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा सोमबार राष्ट्रियसभाका सांसदहरुले उठाएका विषयको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले नेपाल जस्तो मुलुकमा पाँच प्रतिशतभन्दा तलको मूल्यवृद्धि सामान्य नै हुने बताएका हुन्। 

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि हुने अनुमान गरिएको मन्त्री खतिवडाले बताए। सबै प्रदेशमा छ प्रतिशतभन्दा बढी वृद्धिको अनुमान गरिएको उनले बताए। सातै प्रदेशको आर्थिक वृद्धिदर बढी नै भइरहेको मन्त्री खतिवडाले बताए। 

“समानीकरण अनुदान बढी पाउने कर्णाली प्रदेश, प्राकृतिक स्रोत बाँडफाँटको विषय हामीले टुङ्ग्याइसकेका छैनौँ”, उनले भने। कृषिमा एकीकृतरुपमा धेरै कार्यक्रम आएको, रासायनिक मल कारखाना प्राकृतिक ग्यासबाट चलाउन विदेशबाट पाइपलाइन ल्याउनुपर्ने भएकाले तत्काल सम्भव नभएको उनले बताए। प्राविधिक कारणले पनि यसमा अघि बढ्न नसकिने मन्त्री खतिवडाको भनाइ थियो। 

चालू खर्चमा विकास कार्यक्रम पनि हुने संघले प्रदेश र स्थानीय तहमा चालू खर्च भनेर दिए पनि विकास खर्च नै हुने मन्त्री खतिवडाले स्पष्ट पारे।  चालू खर्चभित्र मानवीय पूँजी विकासका तालीमलगायत हुने उनको भनाइ थियो। सहुलियतपूर्ण वैदेशिक सहायता लिने गरिएकाले सही उपयोग एवम खर्च गरी निर्भरता घटाउँदै लैजानुपर्ने र राजश्व बढाउँदै जानुपर्ने मन्त्री खतिवडाको भनाइ छ।

दायित्व बढी भएका स्थानमा बजेट पनि त्यही अनुपातमा हुने भएकाले तल बजेट बढाउन दायित्वसमेत वृद्धि गर्नुपर्ने उनले बताए। सहुलियतपूर्ण ऋणलगायत आयोजना उद्देश्य पूरा नभएसम्म चलिरहन्छ। राष्ट्रियसभाको अर्को बैठक आगामी असार २ गते दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। 
 

प्रकाशित मिति: १९:११ बजे, सोमबार, जेठ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्