बलिउडकै महंगो फिल्म बन्यो कार्तिक अभिनित ‘धमाका’

काठमाडौं, वैशाख ३ : अभिनेता कार्तिक आर्यनको फिल्म ‘धमाका’ बलिउडमा नै महंगो बनेको छ।
ओटिटि भएको यस फिल्मलाई डिजिटल राइट्स नेटफ्लिक्सले १३५ करोड भारुमा खरिद गरेको छ। यस अघि अक्षय कुमार, शरद केलकर कियारा आडवाणीको अभिनय रहेको फिल्म ‘लक्ष्मी’ भारु १२५ करोडमा विक्रि भएको थियो। गत वर्ष डिज्नी प्लस हटस्टारमा स्ट्रीम भएको ‘लक्ष्मी’ साउथ फिल्म ‘कंचना’ को रिमेक हो।
अर्का अभिनेता अजय देवगन अभिनित फिल्म ‘भुजः द प्राइड अफ इण्डिया’ भारु ११० करोडमा बिव्रmी भएको थियो। डिज्नी प्लस हटस्टारमा यस यसै वर्ष उक्क्त फिल्म स्ट्रीमिंग हुँदैछ। अभिनेता वरुण धवन र अभिनेत्री सारा अलीको अभिनय रहेको फिल्म ‘कूली नं वन’ गत वर्ष अमेजन प्राइममा स्ट्रीम भइसकेको छ। यो फिल्म ९० करोडमा विक्रि भएको थियो।
यस्तै भारु ७० करोडमा बिव्रmी भएको फिल्म ‘सडक २’ मा अभिनेता संजय दत्त र आलिया भट्टको अभिनय रहेको थियो। अभिनेता अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म ‘गुलाबो–सिताबो’ ओटिटि राईट्समा भारु ६५ करोडमा विक्रि भएको थियो।









-1783580717.jpeg)
