Kathmandu Press

प्रशिक्षक राणा प्रशिक्षणका लागि भुटान जाने

काठमाडौं, जेठ २७ : राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक तथा एथलेटिक्स प्रशिक्षक सुशिलनरसिंह राणा भुटान जाने भएका....

प्रशिक्षक राणा प्रशिक्षणका लागि भुटान जाने

काठमाडौं, जेठ २७ : राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक तथा एथलेटिक्स प्रशिक्षक सुशिलनरसिंह राणा भुटान जाने भएका छन्।

भुटान एम्योच्योर एथलेटिक्स संघको निमन्त्रणामा भुटानका प्रशिक्षकहरुलाई प्रशिक्षण दिन राणा मंगलबार भुटान जान लागेका हुन्। अन्तर्राष्ट्रिय एम्योच्योर एथलेटिक्स महासंघका (आईएएएफ) लेभल टु लेक्चरर राणाले भुटानका एथलेटिक्स प्रशिक्षकहरुलाई जेष्ठ २९ देखि असार ५ गतेसम्म छोटो तथा लामो दूरीका बारेमा विविध प्रशिक्षण प्रदान गर्नेछन्।

आईएएएफको लेभल टु प्रशिक्षक प्रशिक्षण (लेक्चरर) कोर्ष उत्तीर्ण गरेका राणाले यसअघि पनि उत्तर कोरियालगायत विभिन्न राष्ट्रमा आईएएएफले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षणमा प्रशिक्षण प्रदान गरिसकेका छन्। 

प्रकाशित मिति: १६:२६ बजे, सोमबार, जेठ २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्