Kathmandu Press

रहेनन् भारतीय चर्चित अभिनेता गिरीश

काठमाडौं, जेठ २७ : भारतीय चर्चित अभिनेता गिरीश कर्नाडको निधन भएको छ।

अभिनेता कर्नाडको सोमबार बैंङ्लोरस्थित आफ्नै निवासमा ८१ वर्षको उमेर....

रहेनन् भारतीय चर्चित अभिनेता गिरीश

काठमाडौं, जेठ २७ : भारतीय चर्चित अभिनेता गिरीश कर्नाडको निधन भएको छ।

अभिनेता कर्नाडको सोमबार बैंङ्लोरस्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा निधन भएको हो। सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका कर्नाड अभिनेता, निर्देशक, समकालीन लेखक तथा नाटककारका रूपमा परिचित थिए। 

Hardik ivf

भर्सटाइल अभिनेताका रुपमा परिचित कर्नाड जनानपिट १९९८, पदमा श्री १९७४, पद्मा भुषण १९९२  लगायतका थुप्रै अवार्डबाट सम्मानित भएका थिए। कर्नाडको निधनमा सरकारले सोमबार सार्वजनिक विदा दिएको छ भने तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।

उनको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चर्चित राजनीतिज्ञ, कलाकारहरुले श्रद्धाञ्जली अर्पण गरेका छन्। कर्नाडले पछिल्लो समय ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ जस्ता सुपरहिट सिनेमामा काम गरेका थिए।
 

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, जेठ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्