Kathmandu Press

रोनाल्डोको पोर्चुगललाई नेसन्स लिगको उपाधि

काठमाडौं, जेठ २७ : नेदरल्यान्डलाई पराजित गर्दै पोर्चुगलले यूएफपीए नेसन्स लिगको उपाधि जितेको छ।

आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलल....

रोनाल्डोको पोर्चुगललाई नेसन्स लिगको उपाधि

काठमाडौं, जेठ २७ : नेदरल्यान्डलाई पराजित गर्दै पोर्चुगलले यूएफपीए नेसन्स लिगको उपाधि जितेको छ।

आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोलले पराजित गरेको हो। पोर्चुगलका लागि गुन्जालो गुइडेसले गोल गरेका थिए।

फाइनल खेलको पहिलो हाफ गोलरहित बनेको थियो। दोस्रो हाफको ६०औं मिनेटमा गुन्जालोले गोल गरेका हुन्। एक गोल गरेपछि पोर्चुगल रक्षात्मक बनेको थियो। नेदरल्यान्डले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन्।

पोर्चुगलका स्टार रोनाल्डोले खुशी जनाएका छन्। पहिलो उपाधि नै जित्नु गौरवको क्षण भएको उनको भनाइ छ।

प्रकाशित मिति: १३:२१ बजे, सोमबार, जेठ २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्