Kathmandu Press

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनिक

काठमाडौं, चैत २८ : पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाईं र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ। गीतको शब्द...
विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनिक


काठमाडौं, चैत २८ : पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाईं र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ। 

गीतको शब्द तथा संगीत प्रभावन जेको रहेको छ। यसको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका हुन्। एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको यो गीतमा सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनय देख्न पाइन्छ।

गीतको भिडियो निर्देशन कमल राईले गरेका हुन् भने क्यामेरामा हरिश महराको भूमिका रहेको छ। विष्णु खड्काको सम्पादन र कलर रहेको यो गीतमा शृंगार सबु तामाङको रहेको छ । 

हेर्नुहोस् भिडियो   

प्रकाशित मिति: १८:२० बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्