Kathmandu Press

जोनसले सुटुक्क गरे विवाह, आमाबाबुलाई पनि दिएनन् निम्तो

अमेरिकन गायक जो जोनसले सुटुक्क बिहे गरेका छन्। गायक जो जोनस र अभिनेत्री सोफी टर्नरले हालसालै मात्र अमेरिकाको लस भेगासस्थित एक चर्चमा  गएर विवाह गरेका हु....

जोनसले सुटुक्क गरे विवाह, आमाबाबुलाई पनि दिएनन् निम्तो

अमेरिकन गायक जो जोनसले सुटुक्क बिहे गरेका छन्। गायक जो जोनस र अभिनेत्री सोफी टर्नरले हालसालै मात्र अमेरिकाको लस भेगासस्थित एक चर्चमा  गएर विवाह गरेका हुन्। 

एक क्यान्डियन रेडियोसँग कुराकानी गर्दै जोनसले सोफी टर्नरसँग बिहे बन्धनमा बाँधिदा आफ्नै बाबुआमालाई पनि थाहा नदिएको खुलाएका छन्। उनका अनुसार आमाबुबाहरुले आफ्नो बिहेबारे सामाजिक सञ्जालमा फोटो पोष्ट भएपछिमात्रै थाहा पाएका हुन्। 

जब एक इन्स्टाग्राम पेजले यी दुईको विवाहको फोटो पोष्ट गर्यो जोनसका लाखौं फ्यानसँगै उनका परिवार पनि अचम्ममा परेका थिए। विवाहबारे बोल्दै जोनसले लस भेगासमा भएको विवाह एउटा कानूनी प्रकिया पूरा  गर्न मात्रै गरेको बताए। जसका कारण त्यो दिन सो ठाउँमा भएका केही व्यक्तिलाई मात्रै आमन्त्रण गरिएको थियो।
 

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, जेठ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्