चैत्र २७ देखि देशभरका हलमा सन्दीपको ‘श्री’
काठमाडौं, चैत २५ : ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ ।लकडाउनको बेलामा...
काठमाडौं, चैत २५ : ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ ।
लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा यो चलचित्र तयार पारेका हुन् ।
नयाँं वर्षको अबसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दीप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।
एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको चलचित्रको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ छायांँकन गरिएको थियो । चलचित्रको सम्वाद शिवम् अधिकारीको रहेको छ भने मुख्य सहायक निर्देशक सुदीप कुँवर रहेका छन् ।
सोसियल सस्पेन्स कथामा निर्माण गरिएको चलचित्रको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सह निर्मातामा यम बराल, सूर्य सिंखडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन् ।
‘












