कोरोना संक्रमण देखिएपछि अक्षय कुमार अस्पताल भर्ना
काठमाडौं, चैत २३ : कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन्। उनले आफूलाई कोरोना संक्रमण भएको...
काठमाडौं, चैत २३ : कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन्। उनले आफूलाई कोरोना संक्रमण भएको र अस्पताल भर्ना भएको जानकारी आइतबाट सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका थिए।
कोरोना संक्रमणपछि घरमै क्वारेन्टिनमा बसेका उनी डाक्टरको सल्लाहमै अस्पताल भर्ना भएका हुन्। अक्षयकाे आउँदै गरेकाे फिल्म ‘राम सेतु’ का जुनियर कलाकारहरूलाई पनि कोरोना संक्रमण भएको छ।
फेडरेसन अफ वेस्र्टन इन्डिया सिने एप्लाइजका जनरल सेक्रेटरी अशोक दुबेले भनेका छन्, ‘राम सेतुका सबै टिमले सावधानी अपनाइरहेका छन्। यो र्दुभाग्य हो कि जुनियर आर्टिस्ट एसोसियसनका ४५ जनालाई कोरोना पोजिटिभ भएको छ। उनीहरू सबै क्वारेन्टिनमा छन्।’
प्रकाशित मिति: १४:३८ बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












