Kathmandu Press

साहित्यकार नगेन्द्रराज शर्मा अभिनन्दित

काठमाडौं, चैत २२ : साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्मालाई शनिबार काठमाडौंमा अभिनन्दन गरिएको छ।साहित्यिक पत्रकारिताका साथै साहित्य क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै...
साहित्यकार नगेन्द्रराज शर्मा अभिनन्दित

काठमाडौं, चैत २२ : साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्मालाई शनिबार काठमाडौंमा अभिनन्दन गरिएको छ।

साहित्यिक पत्रकारिताका साथै साहित्य क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै ८४ वर्ष प्रवेशको अवसरमा अभिनन्दन गरिएको हो। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उनलाई दोसल्ला ओढाएर सम्मान गर्दै कालजयी र दीर्घजीवीको शुभकामना व्यक्त गरे।

Hardik ivf

नगेन्द्रराज शर्मा अभिनन्दन समारोह समितिको आयोजनामा भएको कार्यक्रममा ५० भन्दा बढी सङ्घसंस्थाले अभिनन्दनपत्रका साथ सम्मान गरेको हो। उनी विसं २०२७ देखि अभिव्यक्ति साहित्यिक पत्रिका प्रकाशन गर्दै आइरहेका छन्।

साहित्यकार शर्माले अभिनन्दन गरेकामा सबैलाई धन्यवाद दिँदै विभिन्न आरोह अवरोहबीच आफूले पत्रिकालाई निरन्तरता दिँदै आएको बताए। समारोहमा स्रष्टा श्रीओम श्रेष्ठले साहित्यिक पत्रकार सङ्घ, नेपाल स्रष्टा समाज, गोरखापत्र संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत दर्जनौँ संस्थामा रहेर उनले नेपाली समाजलाई महत्वपूर्ण योगदान पु¥याउनु भएको बताए।

अभिनन्दन समारोहमा गत वर्ष मनाउने तयारी गरिए पनि कोभिडका कारण एक वर्ष पछि सारिएको थियो। समारोहमा किशोर पहाडी, रमा शर्मा, देवीका तिमिल्सिना, पवन आलोक लगायतले साहित्यकार शर्माको साहित्यिक योगदानको चर्चा गरेका थिए। ‘नगेन्द्रराज शर्मा’ समय ग्रन्थ र ‘यायाबर पुस्तक’समेत विमोचन गरिएको छ।

 

प्रकाशित मिति: १८:२० बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्