Kathmandu Press

अबदेखि दर्ता नगरी विद्युतिय स्कुटर चलाउन नपाउने

काठमाडौं जेठ २४ : सरकारले विद्युतिय स्केटरलाई पनि यातयात कार्यालयमा दर्ता गरेर मात्रै चलाउन पाउने नयाँ नियम लागु गरेको छ। 

यसअघि साईकल ....

अबदेखि दर्ता नगरी विद्युतिय स्कुटर चलाउन नपाउने

काठमाडौं जेठ २४ : सरकारले विद्युतिय स्केटरलाई पनि यातयात कार्यालयमा दर्ता गरेर मात्रै चलाउन पाउने नयाँ नियम लागु गरेको छ। 

यसअघि साईकल जस्तै विद्युतिय स्कुटर पनि यातयातमा दर्तानै नगरेर चलाउदै आएका थिए । यातयात व्यवस्था विभागले जेठ २० गतेभित्र सबैलाई दर्ता गर्न निर्देशन गरेको छ। 

Hardik ivf

विभागले सवारी तथा यातयात व्यवस्था ऐन, २०४९ को दफा १४ को उपदफा (१) बमोजिम कुनैपनि सवारी खरिद गर्ने वा  पैठारी गर्ने व्यक्ति वा संस्थाले नेपाल ल्याएको १५ दिन भित्रमा  यातयात व्यवस्था कार्यालयमा दर्ता गर्ने नयाँ नियम लागु गरेको हो। 

ऐन/नियमलाई कार्यन्वयन गर्दे व्यवस्था विभागले यहि  जेठ २० देखि अनिवार्य रुपमा लागुगर्ने भएको हो। विभागले ट्राफिक प्रहरी निर्देशानलयलाई दर्ता नगरी सञ्चालनमा रहेको पाइएमा नियम अनुसार तत्काल कडा कारबाहि गर्न पनि निर्देशन दिएको छ।

यदि निर्देशन विपरीत सञ्चालनमा आएको पाइएमा यातयात व्यवस्था ऐनको दफा १६० को उपदफा २ को खण्ड (ख) बमोजिम कारवाहि गर्ने नियम छ।

‘अहिले नेपालमा करिब १० हजार भन्दा बढि विद्युतिय स्कुटरहरुलाई  विना लाइसेन्स र विलबुक गुडिरहेका छन् । अब ऐन अनुरुप कार्यन्वयन गरेका हौं,’ व्यवस्थापन विभागका प्रवक्ता तिर्थराज खनालले काठमाडौंप्रेससँग भने, ‘अब  विद्युतिय स्कुटरले अनिवार्यरुपमा दर्तासँगै लाइसेन्स पनि बोक्नुपर्ने छ।’
 

प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, जेठ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्