Kathmandu Press

‘अनन्त’मा कार्म र लक्ष्मी 

काठमाडौं, चैत २२ : अभिनेता कार्म शाक्य र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिकामा चलचित्र ‘अनन्त’को छायांकन भइरहेको छ। चलचित्रको छायांकन शनिबारदेखि सुरु भएको हो।जेसन...
‘अनन्त’मा कार्म र लक्ष्मी 
Hardik ivf

काठमाडौं, चैत २२ : अभिनेता कार्म शाक्य र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिकामा चलचित्र ‘अनन्त’को छायांकन भइरहेको छ। चलचित्रको छायांकन शनिबारदेखि सुरु भएको हो।

जेसन लोप्चनको निर्देशनमा बन्दै गरेको यस चलचित्रमा कार्म र लक्ष्मीको पहिलो पटकपर्दा सेयर गर्न लागेका हुन्। प्रेम कथामा आधारित चलचित्र साइन्स फिक्सन जनरामा बनाउन लागिएको बताइएको छ। 

निर्देशक लोप्चनकै पटकथा रहेको चलचित्रलाई नवविजय श्रेष्ठले निर्माण गरेका हुन् भने रञ्जन ढुंगाना र शीतल खड्का यसका सह निर्माता हुन्। बबिन दुलालले चलचित्रको छायांकन गरिरहेका छन्।

प्रकाशित मिति: १४:४१ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्