Kathmandu Press

जन्ती बसमा हाई भोल्टेज करेन्ट लाग्दा ६ जनाको मृत्यु

धनुषा, माघ ११ : जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका अन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह ....

जन्ती बसमा हाई भोल्टेज करेन्ट लाग्दा ६ जनाको मृत्यु
Hardik ivf

धनुषा, माघ ११ : जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका अन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा ६ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । 

सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ । 
 

प्रकाशित मिति: २३:०० बजे, शुक्रबार, माघ ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्