Kathmandu Press

आदित्यनारायण दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, चैत २१ : गायक तथा इन्डियन आइडल सिजन १२ का उद्घोषक आदित्यनारायण झालाई कोरोना संक्रमण भएको छ। आदित्यसँगै उनकी पत्नी स्वेता पनि...
आदित्यनारायण दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, चैत २१ : गायक तथा इन्डियन आइडल सिजन १२ का उद्घोषक आदित्यनारायण झालाई कोरोना संक्रमण भएको छ। आदित्यसँगै उनकी पत्नी स्वेता पनि कोरोना संक्रमित भएकी छन्।

आदित्यनारायणले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू र पत्नी स्वेता कोरोना पोजेटिभ भएको बताएका छन् ।  आदित्य दम्पती क्वारेन्टिनमा रहेका छन् । 

Hardik ivf

आदित्यलाई कोरोना पोजेटिभ देखिएसँगै इन्डियन आइडलको सुटिङ रोकिएको छ । अब टिमका सबै सदस्यहरुको कोरोना टेस्ट गरिने बताइएको छ । अहिले टिमका सबै जज र सबै सदस्यहरु क्वारेन्टिनमा छन् ।

आदित्यलाई कोरोना देखिएसँगै उनको स्थानमाा जय माहीले इन्डियन आइडल उद्घोषण गर्नेछन् ।  

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्