आमाको स्मृतिमा अन्जु पन्तको नयाँ गीत
काठमाडौं, चैत २१ : गायिका अन्जु पन्तले आमाको स्मृतिमा नयाँ गीत बजारमा ल्याएकी छिन्।गायिका पन्तले आमाको स्मृतिमा ुनिस्वार्थी माया आमाकोु गीत ल्याएकी हुन्।...
काठमाडौं, चैत २१ : गायिका अन्जु पन्तले आमाको स्मृतिमा नयाँ गीत बजारमा ल्याएकी छिन्।
गायिका पन्तले आमाको स्मृतिमा 'निस्वार्थी माया आमाको' गीत ल्याएकी हुन्। यो गीत डा. सदानन्द कडेलले रचना गरेका हुन्।
यो गीतमा प्रमोद पन्तको सङ्गीत र रिदम कडेल तथा किरण भुसालको एरेन्ज रहेको छ। इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्माण गरिएको भिडियोको निर्देशन सन्जिब पौडेल र सङ्गीतकार प्रमोद पन्तले गरेका हुन्।
म्युजिक भिडियोको छायांकन दिपक जोशी र सम्पादन सदिश जोशीको गरेका छन्।
यसमा हिउवाला गौतम, बिजुना उपाध्याय र सुनिशा ढुङ्गानाको अभिनय रहेको छ।
प्रकाशित मिति: ०८:३४ बजे, शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












