अजयको जन्मदिनमा ‘आरआरआर’को फस्टलुक सार्वजनिक
काठमाडौं, चैत २० : बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म ‘आरआरआर’को फस्र्टलुक सार्वजनिक भएको छ।अजयको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको उक्क्त भिडियोमा उनलाई एक सशक्क्त...
काठमाडौं, चैत २० : बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म ‘आरआरआर’को फस्र्टलुक सार्वजनिक भएको छ।
अजयको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको उक्क्त भिडियोमा उनलाई एक सशक्क्त योद्घाका रुपमा देख्न सकिन्छ। ‘बाहुबली’ निर्देशक एसएस राजामौलीले यस फिल्मलाई निर्देशन गरेका हुन्।
सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत पोस्टर सार्वजनिक गर्दै अजयले राजामौलीलाई धन्यवाद दिएका छन् । आफूलाई दिएकाे सशक्त भूमिकाप्रति अजयले निर्देशकलाई धन्यवाद दिएका हुन् ।
फिल्मको कथावस्तु १९२० को दशकका क्रान्तिकारी अल्लूरी सीतारामा राजू र कोमाराम भीममाथि आधारित छ। अजयको यो पहिलो तेलुगू फिल्म हो। फिल्ममा अजयको साथमा रामचरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रिया सरनलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ।
प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












