Kathmandu Press

आलिया भट्टलाई कोरोना संक्रमण

काठमाडौं, चैत २० : मुम्बईमा कोरोना संक्रमण बढिरहेको बेलामा बलिउड अभिनेत्री अलिया भट्टलाई कोरोना पजिटिभ देखिएको छ। आलियाको प्रेमी अभिनेता रणवीर कपूरलाई कोरोना संक्रमण देखिएसँगै...
आलिया भट्टलाई कोरोना संक्रमण

काठमाडौं, चैत २० : मुम्बईमा कोरोना संक्रमण बढिरहेको बेलामा बलिउड अभिनेत्री अलिया भट्टलाई कोरोना पजिटिभ देखिएको छ। 

आलियाको प्रेमी अभिनेता रणवीर कपूरलाई कोरोना संक्रमण देखिएसँगै उनीमा पनि कोरोना पजिटिभ भएको हो। आलियाको पछिल्लो फिल्म गंगूबाई काठियावाडीका निर्देशक संजय लीला भन्सालीलाई पनि केहि हप्ता अगाडि कोरोना संक्रमण भएको थियो। 

कोरोना संक्रमणले अहिले भारतमा फिल्म, टिभी उद्योग र खेल जगतसँग जोडिएका कयौं प्रतिष्ठित व्यक्तित्वलाई प्रभावित बनाएको छ। 

जसमा अमिर खान, सचिन तेंदुलकर, कार्तिक अर्यान, विक्रान्त मैसे, मनोज बाजपेयी, बप्पी लहरी, तारा सुतारियापछि आलियालाई कोराना संक्रमण भएको छ। 


 

प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्