Kathmandu Press

नेपाल चाइनिज ताइपेसँग बराबरीमा रोकियो 

काठमाडौं, जेठ २३  : नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेसँग बराबरीमा रोकिएको छ। बिहीबार भएको खेलमा नेपाल चाइनिज ताइपे....

नेपाल चाइनिज ताइपेसँग बराबरीमा रोकियो 

काठमाडौं, जेठ २३  : नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेसँग बराबरीमा रोकिएको छ। बिहीबार भएको खेलमा नेपाल चाइनिज ताइपेसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा सुरुवाती अग्रता भने ताइपेले लिएको थियो। खेलको ४० औं मिनेटमा उ चुन चिङले गोल गर्दै ताइपेलाई सुरुवाती अग्रता दिलाएका थिए। 

तर, खेलको  ६९ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। अभिषेकले सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमो हेडर गोल गरेका थिए।बाँकी समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

यसअघि भएको मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग उसैको भूमिमा २–० ले पराजित भएको थियो।
 

प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, जेठ २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्