Kathmandu Press

‘प्रेमगन्ज’मा बेनिशा र तेज

काठमाडौं, चैत १९ : चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ फिल्म ‘प्रेमगञ्ज’मा मुख्य कलाकार छनोट भएका छन्।फिल्ममा बेनिशा हमाल र तेज गिरी...
‘प्रेमगन्ज’मा बेनिशा र तेज

काठमाडौं, चैत १९ : चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ फिल्म ‘प्रेमगञ्ज’मा मुख्य कलाकार छनोट भएका छन्।

फिल्ममा बेनिशा हमाल र तेज गिरी छनोट भएका हुन्। बेनिशा एक दशकदेखि नेपाली चलचित्र जगतमा कार्यरत छिन। उनले ‘ब्लाइन्ड रक्स’बाट राष्ट्रिय पुरस्कार जितेकी थिइन्।

Hardik ivf

त्यस्तै, तेज यस फिल्ममार्फत फिल्म क्षेत्रमा डेब्यू गर्न लागेका हुन्। मुक्तिनाथ विकास बैंकमा कार्यरत छन्।

यो फिल्म प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले बताए। यस चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छनोट गरिउको थियो।

कलाकार शिशिर राणा, रश्मी भट्ट, पवन भट्टराई, सन्जोग रसाइलीलगायतको अभिनय रहने यो फिल्म सञ्जय लामाले छायांकन गर्नेछन्। राजु फुयाँलले निमाण गर्न लागेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन्। यो चलचित्र छिट्टै छायांकनमा जाने जनाएको छ।

 

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्