Kathmandu Press

प्रियंका चोपडालाई भल्गरको ट्याग!

काठमाडाैं, जेठ २३ :  बलिउड कलाकारहरु आजभोलि धेरै ट्रोलको शिकार हुने गरेका छन्। कहिले आफ्नो पहिरन त कहिले अरुका विषयमा बोलेर उनीहरु ट्रोलमा त....

प्रियंका चोपडालाई भल्गरको ट्याग!

काठमाडाैं, जेठ २३ :  बलिउड कलाकारहरु आजभोलि धेरै ट्रोलको शिकार हुने गरेका छन्। कहिले आफ्नो पहिरन त कहिले अरुका विषयमा बोलेर उनीहरु ट्रोलमा तानिरहन्छन्।

अभिनेत्री प्रियंका चोपडाले हालै एक म्यागेजिनका लागि ब्याकलेस साडीमा फोटोसुट गराएकी थिइन्। तर, फोटो सार्वजनिक भए लगत्तै उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छिन्।

तरुण तहलियानीले डिजाइन गरेको गोल्डेन शिमरी साडी ब्लाउजबिनै लगाएपछि प्रियंकालाई दर्शकले 'भल्गर' भन्दै कमेन्ट गरेका छन्। कसैले एक भारतीय कलाकार भएर आफ्नो दायरा नबिर्सिन भनेका छन् भने कसैले हलिउडमा जान सीमा नाघेको आरोप लगाएका छन्।

तर, प्रियंका चोपडाले भने आफ्नो विवादास्पद भिडियोको तारिफ गरेकी छिन्।  इन्स्टाग्राममा उनले फेसन भनेको सबै संस्कृतिको अंग भएको उल्लेख गरेकी छिन्। र, भारतमा साडीको विशेष महत्व हुने भन्दै उनले आफूलाई त्यो पहिरणमा देख्न पाउँदा खुशी लागेको बताएकी छिन्।

प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, जेठ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्