Kathmandu Press

कोरोनाले नरोकिएको नाला करुणामयको जात्रा (तस्बिरहरू)

स्थानीय बासिन्दाका अनुसार करुणामयाको मूर्तिलाई बुङमतीबाट चोरेर तिब्बतको ल्हासा लग्न खोजिएको थियो। मूर्ति चोरेर लग्ने क्रममा पूण्यमती नदीमा पुग्दा बाढी आएको थियो। त्यसपछि मूर्तिलाई त्यही छोडेको किंवदन्ती छ।
कोरोनाले नरोकिएको नाला करुणामयको जात्रा (तस्बिरहरू)
तस्बिरहरु : सुजल बज्राचार्य

काठमाडौं, चैत १८ : कोरोना भाइरसको महामारीका कारण काठमाडौं उपत्यकाका थुप्रै जात्रा रोकिएको भए पनि काभ्रेको नाला करुणामयको जात्रा भने निर्वाध सञ्चालन भएको छ।

यो जात्रा गत वर्ष पनि सञ्चालन भएको थियो । करुणामयको जात्रा ६ दिनसम्म चल्नेछ। 

आनन्दमुनि बज्राचार्यले सुरु गरेको यो जात्रामा होलीको भोलिपल्ट देवतालाई महास्नान (न्वंह) गराइन्छ। न्वंहमा महास्नान गराइसकेपछि भोलिपल्ट प्राणलाई ब्रह्मकलशमा सारेर दुसं (रंगरोगन) गरिन्छ भने राति दशकर्म सकाएर तेस्रो दिन खटमा राखी करुणामयलाई नाला बजार परिक्रमा गराइन्छ। 

स्थानीय बासिन्दाका अनुसार भोटबाट आएको मान्छेले करुणामयको मूर्तिलाई बुङमतीबाट चोरेर तिब्बतको ल्हासा लग्न खोजेको थियो। मूर्ति चोरेर लग्ने क्रममा पूण्यमती नदीमा पुग्दा बाढी आएको थियो। त्यसपछि मूर्तिलाई त्यहीँ छाडिएको किंवदन्ती छ।

बुङमतीको पान्जु, बनेपाको राजा अनि नालाका देउलाहरूले सपनाका आधारमा खोजतलास गर्दा करुणामयको मूर्ति नदी किनारमा भेटिएको र  पुण्यमतिसँगै रहेको नारायणको मन्दिरमा प्रतिस्थापन गरेको किंवदन्ती छ । त्यस दिनदेखि सृष्टिकान्त लोकेश्वरलाई श्री नाला करुणामय भन्न थालिएको हो।

त्यही मूर्तिलाई नाला बजार परिक्रमा गराइसकेपछि लोकेश्वरको मन्दिरमा पूजा अर्चना गरी लसकुस (स्वागत) गरिन्छ। मन्दिरभित्र स्थापना गर्नुअघि पुनः चोख्याउने प्रचलन छ। बुङमतीकै पान्जु (देउताको रेखदेख गर्ने मान्छे) आएर पूजाआजा गर्ने प्रचलन छ।

 

प्रकाशित मिति: १९:५३ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्