काजीरोशन साहित्य पुरस्कार षडानन्द पौडेललाई
बलेवा, चैत १८ : धौलागिरि साहित्य प्रतिष्ठानले यस वर्षको ‘काजी रोशन साहित्य पुरस्कार’ डा. षडानन्द पौडेललाई प्रदान गरेको छ ।‘काजी रोशनको काव्य साधना’ नामक अनुसन्धनात्मक...
बलेवा, चैत १८ : धौलागिरि साहित्य प्रतिष्ठानले यस वर्षको ‘काजी रोशन साहित्य पुरस्कार’ डा. षडानन्द पौडेललाई प्रदान गरेको छ ।
‘काजी रोशनको काव्य साधना’ नामक अनुसन्धनात्मक कृषिका लेखक पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि १५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । पौडेलले काजी रोशनको काव्य साधना अनुसन्धानपछि पुस्तक आकारमा समेत प्रकाशित गरिसकेका छन् । विगत १९ वर्ष धौलागिरि बहुमुखी क्याम्पसमा नेपाली साहित्य विषयमा प्राध्यापन गरेका उनी पाँच वर्षदेखि काठमाडौँको सरस्वती बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।
त्यस्तै भानु जयन्तीको अवसरमा प्रदान गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको ‘बम सरस्वती स्मृति पुरस्कार’ काभ्रेको पनौतीका सूर्यप्रसाद लाकोजूलाई दिइएको छ । साहित्य क्षेत्रमा योगदान गरेको भन्दै लाकोजूलाई पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका सदस्य हरिप्रसाद पाण्डेयले बताए। कार्यक्रममै बागलुङको गलकोट घर भई चितवनमा बस्दै आएकी राधिका कल्पितद्वारा लिखित ‘बरफका कोइलाहरु’ नामक कविता सङ्ग्रह विमोचनसमेत भएको थियो । धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले सो कृतिको विमोचन गरे ।












