Kathmandu Press

‘लाइफ इन एलए’मा अकेशा

काठमाडौं, चैत १८ : अमेरिकामा बस्ने नेपालीको संघर्षमा बन्न लागेको फिल्म ‘लाइफ इन एलए’ मा नायिका अकेशा विष्टले अभिनय गर्ने भएकी छन्। उनले दुई दर्जन...
‘लाइफ इन एलए’मा अकेशा

काठमाडौं, चैत १८ : अमेरिकामा बस्ने नेपालीको संघर्षमा बन्न लागेको फिल्म ‘लाइफ इन एलए’ मा नायिका अकेशा विष्टले अभिनय गर्ने भएकी छन्। 

उनले दुई दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी छिन्। उनले सन् २०१५ मा फिल्म ‘जिन्दगी रक्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन्। उक्त फिल्मले दर्शकको मन भने जित्न सकेन। उनी ६ वर्षदेखि परिवारसँगै अमेरिकामा बस्दै आएकी छन् ।  

अमेरिकाको एलएबाट छायांकन गरिने यस फिल्मलाई पोखरामा सुटिङ गर्ने निर्माण टिमले बताएको छ। सूर्य एन श्रेष्ठको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई वाश इन्टरटेन्मेन्टको प्रस्तुती रहेको छ। 

राजेन्द्र ठकुराठीको निर्माण रहेको यस फिल्ममा संसार ए सुवेदी कार्यकारी निर्माता रहेका छन्।  फिल्ममा अकेशासँगै बास बिष्शु, जरेद बिल्लुप्स, आयुस केसी, साम भुजेल, र विशा ढकालको अभिनय रहेको छ। अप्रिलको पहिलो सातादेखि फिल्मको छायांकन सुरु हुनेछ।

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्