रेडियो नेपालमा आधुनिक सङ्गीत प्रतियोगिता सुरु
काठमाडौं, चैत १८ : रेडियो नेपाल स्थापनाको ७१औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आज (बुधबार) शुरु भएको छ।प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार...
काठमाडौं, चैत १८ : रेडियो नेपाल स्थापनाको ७१औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आज (बुधबार) शुरु भएको छ।
प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पु¥याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गरे।
उनले रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, संगीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पुर्याउँदै आएको बताए।
संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रुचि र माग अनुसारका गीतसङ्गीत प्रस्तुत गर्दै आएको बताए। प्रतियोगितामा ३१ वटा गीतसङ्गीत प्रस्तुत गरिनेछ। रेडियो नेपालको वार्षिकोत्सव यही चैत २० गते हुँदैछ।












