Kathmandu Press

कथाकार ओलीका दुई पुस्तक बजारमा

काठमाडौं, चैत १७ : कथाकार पूर्ण ओलीका दुई कथा ‘जितौरी’ र ‘यालमाया’को आज राजधानीमा एकैसाथ विमोचन गरिएको छ।सरकारी सेवामा आबद्ध ओलीले विसं २०७२...
कथाकार ओलीका दुई पुस्तक बजारमा

काठमाडौं, चैत १७ : कथाकार पूर्ण ओलीका दुई कथा ‘जितौरी’ र ‘यालमाया’को आज राजधानीमा एकैसाथ विमोचन गरिएको छ।

सरकारी सेवामा आबद्ध ओलीले विसं २०७२ मा दुर्घटनामा परी निधन भएका छोरा परिशीलनको जन्मजयन्तीको दिन पारेर आज उक्त पुस्तक सार्वजनिक गरेका हुन्। यसअघि उनले खण्डकाव्य तथा गीति नाटकलगायत अन्य थुप्रै फुटकर कथा/कविता लेखिसकेका छन्।

पुस्तक विमोचन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालले लेखक ओलीको शालीन व्यक्तित्व कथामा झल्किएको बताए।

पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले कथामा रुकुमको स्थानीय ठेट शब्दको प्रयोग गरेर साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएर

समीक्षक डा. रजनी ढकालले जितौरी कथा भूकम्पको परिवेशमा र जुवाडेका गतिविधिलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको बताइन्। लेखक ओलीले यलमायामा नारीप्रधान कथा समावेश गरिएको जानकारी दिँदै जितौरीमा प्रशासनिक पात्रमार्फत पहिले र अहिलेको राज्य व्यवस्थाको चरित्रमा कुनै परिवर्तन नआएको विषयलाई समेटेको बताए। (रासस)

प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, चैत १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्