Kathmandu Press

‘चिसो मान्छे'काे छायांकन सकियो

‘चिसो मान्छे'काे छायांकन सकियो

काठमाडौं, चैत १५ : नायिका स्वस्तिमा खड्का र नायक अर्पण थापा अभिनित फिल्म  ‘चिसो मान्छे’ को छायांकन सकिएको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्मको २७ दिनमा छायांकन सकिएको हो । 

फागुन १७ गते चलचित्र छायांकन सुरु गरेको निर्माण टिमले ललितपुरदेखि बझाङ सम्म पुग्दा सुटिङ सकाएको छ। फिल्ममा अनुभवी कलाकार भएकै कारण समयमै काम सकिएको निर्माण टिमले बताएको छ। 

‘आमा’ फिल्म निर्मात्री शर्मिला पाण्डेको निर्माणमा बनेको यस फिल्ममा देशभक्क्त खनाल, झकेन बीसी, आशान्त शर्मा लगातका कलाकाहरुको पनि अभिनय देख्न सकिन्छ।  लकडाउनको समयमाा मलेशियाबाट ल्याएको लास काठमाडौं हुँदै बाजुरासँग पुर्‍याउँदाको कथावस्तुलाई खनाललले लेखेका हुन्।

फिल्ममा पटकथा र संवाद पनि खनालकै रहेको छ। फिल्ममा स्वस्तिमालाई बाजुराकी एक निम्म वर्गीय महिलाको भूमिमा देख्न सकिन्छ। 

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्