Kathmandu Press

एक्सन फिल्म खेल्छु भन्दा कसैले विश्वास गरेनन्ः नम्रता श्रेष्ठ

काठमाडौं, जेठ २२ : अभिनेत्री नम्रता श्रेष्ठ फिल्म जाइरामार्फत पहिलो पटक एक्सन फिल्ममा पाइला टेक्दैछिन्।

अभिनयले सबैको मन जितिरहेकी नम्र....

एक्सन फिल्म खेल्छु भन्दा कसैले विश्वास गरेनन्ः नम्रता श्रेष्ठ

काठमाडौं, जेठ २२ : अभिनेत्री नम्रता श्रेष्ठ फिल्म जाइरामार्फत पहिलो पटक एक्सन फिल्ममा पाइला टेक्दैछिन्।

अभिनयले सबैको मन जितिरहेकी नम्रताले एक्सन फिल्म गर्छु भन्दा सुरुमा कसैले विश्वास गरेनन्। ‘मैले जाइरा फिल्म गर्छुभन्दा तिमीले एक्सन फिल्म गर्न सक्छौं र? सक्दिनौं होला भन्ने कुरा आएको थियो,’ उनले भनिन्।

Hardik ivf

नम्रताको लिड अनिभय रहेको फिल्म जाइराको बुधबार टिजर रिलिज गरिएको छ। आफूलाई एक मार्सल आर्ट खेलाडीको रुपमा परिणत गर्न ट्रेनिङमा कडा मेहनत गरेको पनि उनले बताइन्।

३० सेकेन्ड लामो टिजरमा फिल्मकी लिड कलाकर नम्रताबाहेक अरु कुनै पनि कलाकरलाई फिचर्ड गरिएको छैन। टिजरमा नम्रतालाई साधारण एक महिलाबाट मार्सल आर्ट खेलाडीको यात्रालाई देखाउन खोजिएको छ। फिल्मको भदौ ६ गते रिलिज मिति तय गरिएको छ। ‘जाइरा’ महिला केन्द्रित एक्सन जनराको पहिलो नेपाली फिल्म हो। यसको कथा एक महिलाले लिने बदलामा आधारित छ।

जाइरामार्फत निर्देशक आशुतोषले फिल्म निर्देशनमा डेब्यू गर्दैछन्। कार्यक्रममा निर्देशक आशुतोषले जाइराको टिजर फिल्मको प्लटलाई ध्यानमा राखेर बनाएको बताए। मुख्य कथा भनेकै लिड क्यारेक्टर जाइराको भएकाले नम्रतालाई मात्रै टिजरमा देखाइएको पनि बताए।

जाइरा कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको हो। फिल्ममा नम्रताका अलावा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठसहित नवकलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको अभियन रहेको छ।

प्रकाशित मिति: १९:०६ बजे, बुधबार, जेठ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्