जहाजभित्र एल्बम विमोचन गरेर हरिगोपालले लेखाए गिनिज बुकमा नाम
काठमाडौं, चैत १३ : गीतकार हरिगोपाल प्रधानले उडिरहेको हवाइजहाजभित्र सांगीतिक एल्बम विमोचन गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएका छन्। गीतकार हरिगोपालले....jpg)
काठमाडाैं, चैत १३ : गीतकार हरिगोपाल प्रधानले उडिरहेको हवाइजहाजभित्र सांगीतिक एल्बम विमोचन गरेर ‘गिजिन बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएका छन्। गीतकार हरिगोपालले गत १ फेब्रुअरीमा काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको नेपाल एयरलाइन्जको जहाजभित्र ३६ हजार फिटमा एल्बम विमोचन गर्दै विश्व कीर्तिमान कायम गरेका थिए।
शुक्रबार एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले गीतकार हरिगोपाल प्रधानलाई ‘गिजिन बुक अफ वर्ल्ड रेकर्ड’ले पठाएको प्रमाण पत्र प्रदान गरे । प्रमाणपत्र प्रदान गर्दै उपराष्ट्रपति पुनले विश्व कीर्तिमानले नेपाली र नेपालको शिर ठाडो बनाएको बताए ।
गीतकार हरिगोपाल प्रधानले सबैको साथ र सहयोगका कारण आफूले विश्व रेकर्ड बनाउन सफल बताए । हरिगोपालको एल्बम ‘मुटुमा सधैँभरी’ शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विमोचन गरेका थिए।
प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












