Kathmandu Press

‘महाराष्ट्र भूषण अवार्ड’ आशा भोसलेलाई

काठमाडौं, चैत १३ : भारतीय गायिका आशा भोसले महाराष्ट्रको सर्वोत्कृष्ट पुरस्कार ‘महाराष्ट्र भूषण अवार्ड’ बाट सम्मानित हुने भएकी छन् उनले ट्वीटर मार्फत आफू...
‘महाराष्ट्र भूषण अवार्ड’ आशा भोसलेलाई

काठमाडौं, चैत १३ : भारतीय गायिका आशा भोसले महाराष्ट्रको सर्वोत्कृष्ट पुरस्कार ‘महाराष्ट्र भूषण अवार्ड’ बाट सम्मानित हुने भएकी छन् उनले ट्वीटर मार्फत आफू महाराष्ट्र भूषण अवार्डबाट सम्मान पाउन लागेको जानकारी दिंदै महाराष्ट्रप्रति आभार व्यक्त गरेकी छन् ।  

सन् २०२० को उक्त पुरस्कार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको नेतृत्वमा भोसलेलाई दिन लागिएको हो । विभिन्न भाषामा आफ्नो स्वर दिइसकेकी उनको आवाजमा कतिपय नेपाली गीतहरु पनि सदाबाहार गुञ्जिरहेका छन् । 

उनले आफ्नो सांगीतिक करियरको सुरुवात सन् १९४४ मा प्रर्दशन भएको मराठी फिल्मको गीतबाट गरेकी थिइन्। 

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, चैत १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्