Kathmandu Press

राखी गौचनको शब्दमा ‘हे मन’ सार्वजनिक 

काठमाडौं, चैत १३ : कवियत्री एवम् गीतकार राखी गौचनको शब्दमा  ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।   यस गीतमा गायक शंकर थापा...
राखी गौचनको शब्दमा ‘हे मन’ सार्वजनिक 

काठमाडौं, चैत १३ : कवियत्री एवम् गीतकार राखी गौचनको शब्दमा  ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  
 
यस गीतमा गायक शंकर थापा ‘स्माइल’को स्वर रहेको छ। गायक थापाले नै  संगीत भरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

पत्नी गुमाएको एक पुरुषको विक्षिप्त अवस्थालाई  प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहाल फिचर्ड छन्। भिडियोलाई  उत्सव दाहालले छायांकन गरेका हुन्। भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।  

डश म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।  

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, चैत १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्