चलचित्र संघको अध्यक्षमा उम्मेदवारी दिएदेखि ज्यान मार्ने धम्की आइरहेको छ : सरिता लामिछाने
काठमाडौं, जेठ २२ : चलचित्र कलाकार संघ नेपालको अध्यक्ष पदमा उम्मेदवारी दिएदेखि ज्यान मार्ने धम्की आइरहेको कलाकार सरिता लामिछानेले बताएकी छन्।

काठमाडौं, जेठ २२ : चलचित्र कलाकार संघ नेपालको अध्यक्ष पदमा उम्मेदवारी दिएदेखि ज्यान मार्ने धम्की आइरहेको कलाकार सरिता लामिछानेले बताएकी छन्।
उनले पत्रकार सम्मेलन गरेर आफूलाई मार्ने धम्की आइरहेको बताएकी हुन्। जेठ २५ गते चलचित्र कलाकार संघको चुनाव हुँदैछ। अध्यक्षका लागि लामिछाने र अभिनेता रविन्द्र खड्काले उम्मेदवारी दिएका छन्।
अध्यक्ष पदमा उम्मेदवारी दिएदेखि असुरक्षित महसुस गरिरहेको उनको भनाइ थियो। ‘केही दिन अगाडि मात्रै केही व्यक्तिहरू मलाई पछ्याउदै मेरो घरसम्म पुगेका थिए,’ उनले भनिन्।
अध्यक्ष पदमा उम्मेदवार बनेपछि बेइज्जत गर्न खोज्ने र धम्की दिने क्रम चलेको उनको भनाइ थियो। कसले धम्की दियो भन्ने उनले खुलाइनन्। उनी यस अघि संघमा महासचिव थिइन। उनलाई गैर कलाकार अध्यक्षमा उठेको भन्दै संघमा उजुरी पनि परेको थियो। ‘यदि म गैर कलाकार भएको भए, तीन वर्षसम्म चलचित्र कलाकर सघंको महासचिव कसरी भएँ?’ उनले प्रश्न गरिन।
उनले ‘मुक्ति’, ‘गहना’, ‘परिचय’जस्ता टेलिचलचित्रमा अभियन गरेकी छन्।












