Kathmandu Press

बलिउड अभिनेत्री आलिया र निर्देशक भंसालीविरुद्ध मुद्दा

काठमाडौं, चैत १२ : बलिउड अभिनेत्री आलिया भट्ट, निर्देशक संजयलिला भंसाली र लेखक हुसैन जैदीविरुद्ध मुद्दा परेको छ।फिल्म ‘गंगूबाई कठियावाडी’मा असन्तुष्टि जनाउँदै गंगूबाईका...
बलिउड अभिनेत्री आलिया र निर्देशक भंसालीविरुद्ध मुद्दा

काठमाडौं, चैत १२ : बलिउड अभिनेत्री आलिया भट्ट, निर्देशक संजयलिला भंसाली र लेखक हुसैन जैदीविरुद्ध मुद्दा परेको छ।

फिल्म ‘गंगूबाई कठियावाडी’मा असन्तुष्टि जनाउँदै गंगूबाईका छोरा बाबूजी रावजी शाहले अदालतमा मुद्दा हालेका हुन्। उनले मानहानी गरेको भन्दै मुद्दा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हुुुसेन लेखेको किताबमा मुम्बईको माफिया क्वीन गंगूबाई काठियावाडीको प्रतिष्ठामा दाग लगाउने र उनको स्वाभिमानमा ठेस पुर्याउने काम गरेको शाहको आरोप छ। हुसेनकै किताबमा आधारित भएर भन्सालीले फिल्म बनाएका हुन्।

यस फिल्ममा गंगूबाईको भूमिकामा आलिया छिन्। यो फिल्म ३० जुलाईमा रिजिल हुनेछ।

इन्डिया टुडेका रिर्पोट अनुसार संजय र आलियालाई २१ मेमा अदालतले बोलाएको छ।

 

प्रकाशित मिति: १९:१० बजे, बिहीबार, चैत १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्